क्रिया (Verb)
क्रिया भनेको के हो ?
कुनै काम गरेको अथवा चलिरहेको बुझाउने शब्दलाई क्रिया भन्दछन् । जस्तै - खानु, लगाउनु, चल्नु, हिंड्नु, पढ्नु, खेल्नु आदि।
फलका आधारमा नेपालीमा दुई प्रकारको क्रिया भेद छन् -
(१) सकर्मक क्रिया - जुन क्रियाको कर्म हुन्छ त्यसलाई सकर्मक क्रिया भन्दछन् । जस्तै - पढूनु, सुन्नु, देख्नु, मार्नु आदि।
(२) अकर्मक क्रिया - जुन क्रियाको कर्म हुँदैन त्यसलाई अकर्मक क्रिया भन्दछन्।जस्तै - सुल्नु, जानु, दगुर्नु, पाक्नु आदि।
अर्थका आधारमा नेपालीमा दुई प्रकारको क्रिया भेद छन् -
(१) समापिका क्रिया - वाक्य पुरा भएको बुझाउने क्रियालाई समापिका क्रिया भन्दछन्। जस्तै - रामले चिठी लेखे आदि।
(२) असमापिका क्रिया - वाक्य पूरा नभई अरधूै रहेको बुझाउने क्रियालाई
असमापिका क्रिया
भन्दछन्। जस्तै -
रामले चिठी लेखे तर आदि।धन्यवाद नेपाली भाषा सिक्नका लागि |
Post a Comment