सर्वनाम (Pronoun)
सर्वनाम भनेको के हो ?
संज्ञाको सट्टामा प्रयोग हुने शब्दलाई सर्वनाम भन्दछन् । जस्तै .
ऊ, त्यो, तपाईं, हामी, हामीहरू, तिमीहरू, उनीहरू, तिनीहरू, यो, त्यो, यिनीहरू इत्यादि ।
नेपलीमा छ प्रकारका सर्वनाम छन्
(१) पुरुषवाचक सर्वनाम - पुरुष वा स्त्री बुझाउने सर्वनाम शब्दलाई | जस्तै -- म, तँ, त्यो, तिमी, हामी इत्यादि।
पुरुषवाचक सर्वनाम तीन प्रकारका छन्
१. उत्तम पुरुष -जस्तै- म, हामी, हामीहरू इत्यादि ।
२. मध्यम पुरुष -जस्तै- तँ, तिमी, तपाई इत्यादि।
३. अन्य पुरुष -जस्तै- त्यो, तिनी, ऊ, उनी, यिनी इत्यादि।
(२) निश्चयवाचक सर्वनाम - कुनै मानिस वा चीजलाई तोकेर देखाउने सर्वनाम शब्दलाई निश्चयवाचक सर्वनाम भन्दछन् । जस्तै -यहाँ, त्यहाँ इत्यादि।
(३) अनिश्चयवाचक सर्वनाम - कुनै मानिस वा चीजलाई तोकेर नदेखाउने सर्वनाम शब्दलाई अनिश्चयवाचक सर्वनाम भन्दछंन् । जस्तै - कतै, कुनै, कोही,
केही, जोसुकै, सबै इत्यादि।
(४) सम्बन्धवाचक सर्वनाम - वाक्यमा दुवैपट्टिको सम्बन्ध देखाउने सर्वनाम शब्दलाई सम्बन्धवाचक सर्वनाम भन्दछन्। जस्तै - जो, जे, जुन इत्यादि।
(५) प्रश्नवाचक सर्वनाम - प्रश्न गरेको बुझाउने सर्वनाम शब्दलाई प्रश्नवाचक सर्वनाम भन्दछन्। जस्तै - किन, कसरी इत्यादि |
(६) निजवाचक सर्वनाम - निज अर्थात् आफैंलाई बुझाउने सर्वनाम शब्दलाई निजवाचक सर्वनाम भन्दछन्। जस्तै - आफू, आफै इत्यादि।
धन्यवाद नेपाली भाषा सिक्नका लागि |
Post a Comment