वचन (Number)
वचन भनेको के हो ?
एक वा एकभन्दा बेशी प्राणी वा चीज बुझाउने शब्दको रूपलाई वचन भन्दछन् । जस्तै- कुकुर, कुकुरहरु आदि|
वचन दुइ प्रकारका छन्
(१) एकवचन - एक मात्र प्राणी वा चीज बुझाउने शब्दको रूपलाई एकवचन भन्दछन्। जस्तै- कुकुर, स्याऊ आदि|
(२) बहुवचन - एउटाभन्दा बेशी प्राणी वा चीज बुझाउने शब्दको रूपलाई बहुवचन भन्दछन्। जस्तै- कुकुरहरु, पुस्तकहरु आदि|
बहुवचन तीन प्रकारका हुन्छन्
(१) अनेकार्थी बहुवचन - धेरै व्यक्ति वा वस्तु बुझाउने बहुवचनलाई अनेकार्थी
बहुवचन भनिन्छ। जस्तै - फूलहरू फुले। कागहरू उड़े आदि।
(२) आदरार्थी बहुवचन - मान सम्मान बुझाउने बहुवचनलाई आदरार्थी बहुवचन भनिन्छ ।
जस्तै - बाबा आए। सूर्य उदाए आदि।
(३) प्रकारार्थी बहुवचन - इत्यादिको अर्थमा आउने बहुवचनलाई प्रकारार्थी- जस्तै -भैंसी हरु
(गाई, भैंसी, बाख्रा आदि) चर्न गए।
कृष्णहरू (कृष्ण, राम, श्याम आदि) आए आदि।
धन्यवाद नेपाली भाषा सिक्नका लागि |
Post a Comment