संज्ञा (Noun)
संज्ञा भनेको के हो ?
कुनै मान्छे, स्थान वा चीजको नाउँ बुझाउने शब्दलाई संज्ञा भन्दछन।
जस्तै --श्याम, दार्जिलिंग, दिपिका आदि।
संज्ञालाई नाम पनि भनिन्छ, नेपाली भाषामा पाँच प्रकारका संज्ञाहरू छन् |
संज्ञाका प्रकारहरू
(१) व्यक्तिवाचक संज्ञा - विशेष मानिस, स्थान वा ठाउँको नाउँलाई व्यक्तिवाचक संज्ञा भन्दछन् ।
जस्तै -- राम, सिता, मुम्बई आदि।
(२) जातिवाचक संज्ञा - जाति बुझाउने संज्ञालाई जातिवाचक संज्ञा भन्दछन्। जस्तै - शहर, गाई, कलम, घोड़ा, देश आदि।
(३) समुदायवाचक संज्ञा - हूल वा जमात बुझाउने संज्ञालाई समुदायवाचक संज्ञा भन्दछन्।
जस्तै - बगाल, समूह, गुच्छा, सेना आदि|
(४) द्रव्यवाचक संज्ञा - द्रव्य अर्थात् पदार्थ बुझाउने संज्ञालाई द्रव्यवाचक संज्ञा भन्दछन्।
जस्तै-- सुन, चाँदी, हीरा , मोति, तेल, माटो, पानी आदि ।
(५) भाववाचक संज्ञा - कुनै मानिस वा चीजमा रहने गुण, काम, अवस्था बुझाउने संज्ञालाई भाववाचक संज्ञा भन्दछन् । जस्तै - सुख, दुःख, रीस, हिंड़ाइ, कृपा, बोलाइ,
बुढ़्याई, जवानी आदि।
धन्यवाद नेपाली भाषा सिक्नका लागि |
Post a Comment