अव्यय (Indeclinable)
अव्यय भनेको के हो ?
जुन शब्दको रूप सधै एकनास रहन्छ त्यसलाई अव्यय भन्दछन् । उदाहरण - भित्र, बाहिर, छिटो, ढीलो आदि|
अव्यय चार प्रकार छन् ।
(१) क्रिया-विशेषण (Adverb) - क्रियाको विशेषता वा गुण बुझाउने शब्दलाई क्रिया-विशेषण अथवा क्रियायोगी पनि भन्दछन्|
उदाहरण - पिलपिल, भुर्र, बिस्तारै, टाढ़ा, नजीक, राम्ररी, आदि |
(२) सम्बन्धवाचक अव्यय (Preposition) - वाक्यमा संज्ञा वा सर्वनामको अरू शब्दसित सम्बन्ध बुझाउने अव्ययलाई
सम्बन्धवाचक अव्यय वा नामयोगी पनि भन्दछन्। उदाहरण -
बारे, भर, भरि, पटक, पल्ट, बाजि, चोटि आदि
(३) संयोजक अव्यय (Conjunction) - शब्द, वाक्यांश वा वाक्यलाई जोड्ने अथवा मिलाउने अव्यय शब्दलाई संयोजक अव्यय भन्दछन् । उदाहरण - अनि, तर, तथापि, किनकि, अथवा, वा, किनभने आदि|
(४) विस्मयादिबोधक अव्यय (Interjection) - हर्ष, शोक, विस्मय, घृणा, निन्दा, प्रशंसा, प्रश्न आदि बुझाउने अव्ययलाई
विस्मयादिबोधक अव्यय भन्दछन्। उदाहरण - , हत्, हत्तेरी, स्याबास, प्रोत्साहित, धन्य धन्य, वाह वाह आदि|
धन्यवाद नेपाली भाषा सिक्नका लागि |
Post a comment